×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवाको प्रादेशिक कार्यालय अव मधेश प्रदेशमा, हरेक प्रदेशमा प्रादेशीक कार्यालय सञ्चालनमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

इसेवाको प्रादेशिक कार्यालय अव मधेश प्रदेशमा, हरेक प्रदेशमा प्रादेशीक कार्यालय सञ्चालनमा

Artha Sarokar

६ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । यो सँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको जनाएको छ ।

हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा कार्यालयसम्म आफ्नो उपस्थिती जनाएको इसेवाले आफ्ना सेवा र सुविधालाई अझ सुविधापूर्ण र सरलस्कृत गर्दै अगाडी बढ्ने उदेश्यका साथ क्षेत्रीय कार्यालय विस्तार गरेको हो ।

प्रादेशीक कार्यालय जनकपुरको मिल्स् एरीयामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्धघाटन गरेका हुन् । अवदेखि दुई नम्बर प्रदेशका ग्राहक तथा एजेन्टहरूले इसेवाका सम्पूर्ण सेवा तथा सुविधा प्रादेशीक कार्यालय मार्फत सहज ढंगले प्रयोग गर्न पाउनेछन् ।

देशभर एक लाख ६५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब एक करोड ७० लाख जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको कम्पनीले जनाएको छ ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी