×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

इसेवा मनी ट्रान्सफरसँग कलाकार दयाहाङ्ग राइ ब्राण्ड हिरोको रुपमा आबद्ध

काठमाडौं । डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले नेपाली सिने जगतका सुपरस्टार दयाहाङ्ग राइलाई ब्राण्ड हिरोको रुपमा आवद्ध गरेको छ । यसअघि नै नेपाली सिने जगतका महानायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा इसेवा मनी ट्रान्सफरसंग आवद्ध रहेका छन् ।

राई इसेवा मनी ट्रान्सफरका यूएईलगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार-प्रसारमूलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ ।

यस अवसरमा कलाकार राईले भने, ‘इसेवा मनी ट्रान्सफरजस्तो छोटो समयमा नै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसँग आबद्ध हुन पाउँदा म एकदमै खुसी र साथमा उत्साहित पनि छु । विदेश गएर काम गर्दै आउनुभएका दाजुभाइ तथा दिदीबहिनीसँग भेट्न पनि म आतुर छु, यसले मलाई एक नेपालीका रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारीबोध गराएको छ ।’

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘दयाहाङ राईको नेपालमा मात्र नभएर यूएई र सारा संसारभरि नै फ्यान फलोइङ एकदमै राम्रो रहेको छ, यो त उहाँको कामको प्रभावले नै हो र उहाँजस्तो लोकप्रिय व्यक्तित्वलाई कम्पनीको ब्रान्ड हिरो एम्बेसेडरका रुपमा आबद्ध गर्न पाउँदा सम्पूर्ण इसेवा मनी ट्रान्सफर टोली एकदमै हर्षित छ । आशा छ उहाँको आगमनले हाम्रो यस कम्पनीलाई थप चार्चा र सफलताको शिखरमा पुर्याउनेछ र मेरो डिजिटल देश जस्तो काठमाण्डौमा घर दिने अभियानलाई सार्थकता प्रदान गर्नेछ।’

इसेवा मनी ट्रान्सफरले वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्द्धनका लागि यो अभियान सुरु गरेको थियो । हाल यस अभियानमा विदेशमा रहेका नेपालीहरुको उत्साहजनक सहभागिता रहेको छ र यसैअनुरुप अभियान निरन्तर रुपमा सञ्चालन हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ ।

यस अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । यसका साथै विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ ।

यस अभियानको पहिलो चरणमा सहभागी भई इसेवा मनी ट्रान्सफरमार्फत रकम पठाउँदा हरेक महिना एकजनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाण्डौमा घर प्राप्त गर्नेछन् । इसेवा मनी ट्रान्सफरले परम्परागतशैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

इसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: