काठमाडौं । चैत्र पहिलो हप्ताबाट काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । व्यापार मेला चैत २ गतेदेखि ६ गतेसम्म संचालन हुने भएको हो ।
मेला सम्बन्धमा जानकारी दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा मेला सम्बन्धी जानकारी दिइएको हो । कोरोना महामारिका कारण महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तराष्टिय व्यापार मेला गएको दुई वर्ष आयोजना हुन सकेको थिएन । अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि स्टल बुकिङ खुला समेत गरिएको महासंघले जनाएको छ ।
यस वर्षको मेलाको लागि चीनबाट, भारतबाट, पाकिस्तानबाट, बङ्गलादेशबाट र भुटानबाट सहभागिता रहने छ । मेलामा नेपाली हस्तकला र NTIS Products का साथै made in Nepal बस्तुहरुको प्रर्दशनी गरिने भएको छ । यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी समेत हुनेछ ।
नेपाल सरकार/उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको प्रबर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको जनाइएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा एनटीआइएसका उत्पादनहरुको प्रदर्शनीबाट नेपालको औधोगिक व्यवसायिक विकासका सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिएको छ ।
कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरु,चीन, थाइल्यान्ड, म्यानमार, लगायतका देशहरुको सहभागिता रहने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, लगायतका देशहरुबाट क्रेताहरु आउने अपेक्षा गरिएको छ । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ ।
मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसगं भेटघाट तथा द्धिपक्षिय व्यापार प्रबर्द्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुबाट छानिएका उत्कृष्ट स्टल तथा उत्पादनलाई मेलामा निःशुल्क स्टल उपलब्ध गराईने छ ।
मेला महोत्सव केन्द्रदेखि स्थानीय तहसम्म आर्थिक क्रियाकलाप विस्तार गर्ने, उद्यमशीलता प्रबर्द्धन गर्ने, जनतामा मुखरित हुन नसकेको उद्यमशीलताको सम्भाव्यतालाई उजागर गर्ने, स्थानीय जनताले आफ्नै घर आँगनमा उत्पादन गरेका वस्तुहरू आय आर्जनको स्रोत बनाउन र मूलत मेला महोत्सव स्थानीय जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गर्ने महत्वपूर्ण माध्यम बन्दै आएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाईसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तराष्ट्रिय बजार प्रर्बद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा एवंं विश्वास महासंघले लिएको छ ।
आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्र एक सय अर्व अमेरिकी डलर पुरयाउने, अतिरिक्त २२ लाख मानिसलाई औपचारिक निजी क्षेत्रमा रोजगारी सिर्जना गर्ने, व्यापार घाटा र अर्थतन्त्रको अनुपात आधा घटाउने लगायतका उद्देश्यले महासंघले ल्याएको भिजन पेपर २०३० को सफल कार्यान्वयनमा समेत अन्तराष्ट्रिय व्यापार मेलाले सघाउ पुर्याउने विश्वास महासंघको छ । मेलामा जेष्ठ नागरीक तथा फरक रुपले सक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्