काठमाडौं । दक्षिण एशियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।काठमाडौंमा आयोजित प्रथम दक्षिण एशियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैर भन्सार अवरोध बढ्न थालेकाले यसमा सुधार आवश्यक रहेको बताएका छन् ।
भारत सब कन्टिनेन्ट एग्री फाउन्डेसन, टेफ्ला र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको उक्त सम्मेलनमा महासंघ अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताए । दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) मा यस क्षेत्रका मुलुकहरू बीच व्यापार विस्तारको अवसर भएपनि कृषिजन्य उत्पादनको निर्यातमा गैर भन्सार अवरोध लगायतका समस्या रहने गरेको छ ।
अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुहरूको निर्वाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने बताए । श्रीलंकाका व्यापार एवम् खाद्य सुरक्षा मन्त्री नलीन फर्नान्डोले यस क्षेत्रका ४० प्रतिशत सिमान्तकृत किसान रहेकाले उनीहरूको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपर्ने बताए ।
कृषि क्षेत्रको निर्यात लागत निकै महँगो भएको र यहाँका धेरै देशहरू खुद कृषिजन्य वस्तु आयात रहेको बताउँदै खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेको बताए । दक्षिण एशियाले संयुक्त रुपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने विश्वास पनि मन्त्री फर्नान्डोले गरे ।
दुवई मल्टी कमोडिटिस सेन्टरका कार्यकारी अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयमले दक्षिण एशियाले दुवईको बजारबाट फाइदा लिन सक्ने बताए । कृषि बजार विस्तारका लागि ब्लकचेन लगायतका प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने पनि उनले बताए । सम्मेलनमा विशेष अतिथि उद्योग सचिव डा।तोया नारायण ज्ञवालीले सम्मेलनका क्रममा हुने छलफलले निर्यात एवं लगानी प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
उनले सम्मेलनमा लगानीलाई बढी प्राथमिकता दिनुपर्ने बताए। लगानी बढ्दा निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा सहयोग पुग्ने बताए । उनले साफ्टाअन्तर्गत सबै मुलुकले फाइदा लिन सम्वेदनशील सूचीमा रहेका वस्तुहरू घटाउनुका साथै गैर भन्सार अवरोध हटाउनुपर्नेमा जोड दिए।
उनले दक्षिण एशियाले प्रविधिको उपयोग बढाउनुका साथै व्यापार अवरोध हटाउन सके कृषि क्षेत्रमा दक्षिण एशिया विश्वकै महाशक्ति हुनसक्ने बताए। सम्मेलनमा १२ देशका करिब ४ सय सहभागी छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्