काठमाडौं । राष्ट्र बैंकले एक वर्ष अघि देखिनै आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटाउन पैरवी गर्दै आईरहेको सन्दर्भमा हाल पूर्ण रुपमा नगद मार्जिनको व्यवस्था हटाएकोले अवका दिनमा अर्थतन्त्र चलायमान हुनेछ भन्ने नेपाल चेम्बर अफ कमर्सले विश्वास लिएको छ ।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष निजी क्षेत्रका विद्यमान समस्या र सुझाबबारे चेम्बरबाट सुझाव प्रस्तुत भएको थियो । त्यस लगत्तै नेपाल राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोमा नेपाल चेम्बर अफ कमर्सले आभार व्यक्त गरेको हो।
नेपाल राष्ट्र बैंकबाट जारी भएको ‘चालु पुँजी कर्जा मार्गदर्शन २०७९’ परिमार्जन गरी २०८२ असार सम्म पुर्याइएकोमा समेत नेपाल चम्बेर अफ कमर्सले स्वागत गरेको छ । चालुपुँजी कर्जामा ठूला तथा साना दुवै खाले ऋणीहरुलाई ४० प्रतिशत नै कायम गरिने र डवल डिजिटको आर्थिक विकास हाशिल गर्न सिंगल डिजिटको व्याजदर कायम हुनु पर्ने तर्फ पनि चेम्बरले विशेष आग्रह गरेको छ । तरलता व्यवस्थापनका लागि पुँजीगत खर्चमा वृद्धि तथा व्याजदर नियन्त्रण प्रभावकारी हुन सकेमा अर्थतन्त्रले गति लिने अपेक्षा समेत राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्