×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइएमई जनरल इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित होटेल लि हिमालयमा भएको सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिका बारेमा बैठकलाई जानकारी गराएका थिए । उनले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनीतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावका बारेमा समेत बताए ।

अध्यक्ष ढकालले २४औँ साधारणसभामा गरिएको भवन निर्माणको प्रतिबद्धताका बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङसहितको ११ तल्ले भवन निर्माणका क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराएका थिए ।

कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आवमा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै अध्यक्ष ढकालले सेवामा विविधता र शाखारहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी गराए ।

देशमा विद्यमान आर्थिक तथा राजनीतिक अवस्थाको बाबजुत पनि कम्पनीले गत वर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको ढकालले बताए । कम्पनीले २५औं साधारणसभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनिका साथ स्वीकृत गरेकोमा सबै सेयरधनीहरुलाई उनले धन्यवाद दिए ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्पूर्ण सेयरधनीलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको जानकारी गराएका थिए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्दै उनले लगानीकर्ताको भावना र सञ्चालक समितिको निर्देशनबमोजिम अगाडि बढिरहेको समेत सभालाई जानकारी गराए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: