काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् । कम्पनिले गत माघ ४ गते एक समारोहको आयोजना गरी उनिहरुलाई सम्मान गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
उक्त अवसरमा एमडिआरटिको रुपमा सम्मानित हुनेमा शारिरीक रुपमा विशेष रुपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरण समेत स्थापित भएकोमा गौरवान्वित महसुस गरेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताएका थिए ।
कम्पनिको समय सापेक्ष बजार नीतिको कारणले गर्दा सम्पूर्ण अभिकर्ताहरु उत्प्रेरित हुने भएकाले अहिलेको आर्थिक रुपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरुले एमडिआरटि उपलब्धि हासिल गरेको कुरा कम्पनीका प्रमुख सन्चालन अधिकृत दिनेश अमात्यले बताएका थिए ।
एमडिआरटि अर्थात मिलियन डलर राउण्ड टेबल सन् १९२७मा रजिष्टर भएको एमडिआरटि एक बिदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरु सहभागी हुन पाउँछन् ।
यस संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्था मार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरुले सहभागी हुन पाउने व्यवस्था रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्