काठमाडौं । खल्तीले फेरी पनि आफ्नो चर्चित अफर ‘खल्ती मा आइफोन १४’ ल्याएको छ । जस अन्तर्गत प्रयोगकर्ताले मात्र ५० रुपैयाँमा आइफोन १४ जित्न सक्नेछन् ।
खल्ती प्रयोगकर्ताहरूले ५० रुपैयाँको मोबाइल टपअप गरी आइफोन १४ जित्न सक्नेछन् । साथै, खल्ती प्रयोगकर्ताहरूले हरेक टपअपमा ५० खल्ती पोइन्ट्स प्राप्त गर्नेछन् ।आइफोन १४ प्रतिको उत्सुकतालाई थप आकर्शित बनाउँदै खल्तीले ५० रुपैयाँको टपअपमा आइफोन १४ जित्नको लागि यो अफर ल्याएको हो ।
खल्ती प्रयोगकर्ताहरूले होमस्क्रिनमा रहेको ‘खल्तीमा आइफोन १४’ खण्डबाट टपअप गर्नुपर्ने हुन्छ । अफरका बारेमा थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘खल्तीमा आईफोन’ ले हाम्रा प्रयोगकर्ताहरूका लागि सधैं लोभ्याउने प्रस्ताव भएकोले हामी यो अफरप्रति उत्साहित छौं। यसैबीच, यो अफरको सुरुवातसँगै हामी हाम्रा प्रयोगकर्ताहरूलाई डिजिटल नेपालतर्फ थप उत्प्रेरित गर्न चाहन्छौं।’
अफरमा सहभागी हुन भने केवाईसी भेरिफाइड अनिवार्य हुनुपर्छ । केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन् । यो अफर पौष २८ देखि फागुन १६ सम्म लागु हुने कम्पनीले जनाएको छ ।
यस लगतै, खल्तीको हाल चलिरहेको ‘खल्तीमा बैंक लिंक’ अफर अन्तर्गत खल्तीमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्ताले ३२” टिभी जित्ने सम्भावना रहेको छ । ‘खल्तीमा आइफोन १४’ मा टपअप गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंक बाट भुक्तानी गरी यो अफरमा पनि सहभागी जनाउन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्