काठमाडौं । चलचित्र हलहरूसँग हालैको साझेदारी पछि, खल्ती एपबाटै टिकट खरिद गर्न २४ भन्दा बढी चलचित्र हलहरू उपलब्ध भएका छन् । हालै एपमा बढ्दै गएका हलहरु मध्ये ४ वटा नयाँ चलचित्र हलहरु पनि, सिटी म्याक्स सिनेमा-बागबजार (काठमाडौं), सिटी सिनेमा (बिराटनगर), केएसआर मुभिज (सिमरा), एफकिउब सिनेमा (चाबाहिल,काठमाडौँ ) र वन सिनेमा (कालिमाटी) थपिएका छन् । केवल ५० सेकेन्डमा चलचित्र टिकटहरू खल्तीबाट किन्न सजिलो बनेको छ ।
खल्तीले क्यूएफएक्स, आइएनआइ जस्ता प्रमुख थिएटरहरुसँग साझेदारी गरेपछि टिकट खरिद गर्ने परिभाषा बदलिदै आएको छ । तसर्थ, एउटै एप भित्र २४ भन्दा बढी चलचित्र हलको उपलब्धताले प्रयोगकर्ताको समय र चलचित्र टिकट खरिद गर्न झन्झट कम हुने कम्पनीले विश्वास गरेको छ । खल्तीमा, प्रयोगकर्ताहरूले हलहरू, शो टाइम, मूल्य तुलना गर्न र प्राथमिकता अनुसार उपलब्ध उत्कृष्ट सिटहरू छनौट गर्न सक्छन् ।
यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी खल्तीमा सक्दो धेरै हलहरू उपलब्ध गराई सजिलो बुकिङ प्लेटफर्म बनाउन लागि परेका छौं। हामी चलचित्र हलहरुमा मात्र सीमित रहने छैनौँ , भविष्यमा प्रयोगकर्ताको सहजता र सुविधाका लागि नेपालभरिबाट विभिन्न कार्यक्रम र अन्य टिकट सुविधा थप ल्याउनेछौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्