काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेटमध्येको एक ‘खल्ती’ले माघ १२ गते आफ्नो छैटौँ वार्षिकोत्सव मनाएको छ । खल्तीले वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ रहेका सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक, एजेन्ट र व्यापारीहरुलाई आभार व्यक्त गरेको छ ।
छैटौँ वर्षको उपलब्धिलाई मनाउँदै खल्तीले ‘के छ, खल्ती छ’ भनी सन्देश सामाजिक सञ्जालमा भव्य तरिकाले प्रचार गरेको पाइएको छ । यसलगत्तै खल्तीले माघ १८ मा खल्ती मेम्बरसिप अन्तर्गत ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ नामक दुई सब्सिक्रप्सन प्लान ल्याउँदैछ । यस प्लानअन्तर्गत अझै विशेष अफर र सुविधा प्रधान गरिने खल्तीले जनाएको छ ।
यसका साथै खल्तीले विभिन्न सझेदारसँग वार्षिकोत्सव मनाउँदै अफर र गिभआवे पनि ल्याएको छ ।
भुक्तानी सेवाबाहेक खल्तीले आफ्नो ब्रान्डको पहिचान पनि बलियो रुपमा सिर्जना गर्दै आएको छ । आफूलाई ‘युवा र ट्रेन्डी ब्रान्ड’का रुपमा चिनाउने खल्तीले अधिकांश सञ्चार र दृश्यतालाई युवा पुस्तासँग सजिलैसँग सम्बन्धित हुने गरी केन्द्रीकृत गरेको छ । यतिमात्र नभई खल्तीले सबै उमेर समूहका लागि उपयुक्त ब्रान्ड बनाउन सक्दो प्रयास गरेको जनाएको छ ।
खल्ती एपले सबै उमेर समूहका मानिसलाई फाइदा पुग्ने ‘लाइफस्टाइल ब्रान्ड’ बनाउने लक्ष्यमा पनि अघि बढिरहेको जनाएको छ। यस लक्ष्यमा पुग्न खल्तीले केही महिनाअघि ‘खल्ती क्विज’ सुरु गरेको थियो । दैनिक ९ हजार सक्रिय प्रयोगकर्ताले क्विज खेली आफ्नो समय बिताउन र अफर तथा कुपनमा थप फाइदाहरु लिन सक्ने गरी विभिन्न उमेरका प्रयोगकर्तालाई उपयुक्त हुने गरी यो सुविधा ल्याइएको हो ।
त्यसैगरी खल्तीले केही समयअघि मुभी टिकट काट्ने सुविधालाई थप प्रचार गर्दै ‘ह्यासट्यास माई मुभी मन्त्र’ ल्याएको थियो । जसअन्तर्गत ५० सेकन्डभित्रै मुभी टिकट काट्न मिल्ने सहजताका बारे खल्तीको विशेष आकर्षण थियो।
आफ्नो लक्ष्यमा अघि बढ्दै खल्तीले विभिन्न चलचित्र, चलचित्र हलहरु र कार्यक्रम टिकट को लागि विशेष रुपमा साझेदारी गरेको छ। यस प्लेटफर्महरुलाई सबैभन्दा बलियो माध्यम बनाउने क्रममा खल्तीको नयाँ आविस्कार, ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ सुरु गरेको हो ।
खल्ती आफैंले पनि २०१७ मा क्यान इन्फो-टेकमार्फत यसको सुरुआत गरेको थियो र त्यो विशेष कार्यक्रममा टिकटहरुमा आफ्नो विज्ञापनहरु राख्दै पहिलो पहिचान बनाएको थियो । छ वर्षपछि, खल्तीले आज मेहनत र लगनशीलताले सम्पूर्ण प्रणालीको समर्पित संरचना गरी देशभरिका विभिन्न चलचित्र तथा कार्यक्रमहरुसँग साझेदारी गर्दै आएको छ ।
वार्षिकोत्सव बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘डिजिटल वित्तीय सेवाहरुका साथ नेपाली जीवनलाई छुने र परिवर्तन गर्न पाउँदा हामी गर्व गर्छौं। तपाइँको निरन्तर सहयोग र विश्वासको आशा गर्दै हामी आज भन्दा भोलि राम्रो गर्दै जने प्रेरणा लिइरहने छौँ। हामी तपाइँको सुविधा र आनन्दका लागि तपाइँलाई थप नवीन र प्रभावकारी सेवाहरु प्रदान गर्न प्रतिबद्ध छौँ ।’
यसै क्रममा अघि बढ्दै खल्ती एक अग्रणी इनोभेसन कम्पनी बन्दै आएको छ। सामन्नय भुक्तानी आवश्यकता पूरा गर्नेदेखि लिएर प्रयोगकर्ताहरुलाई एप भित्रको थप आविष्कारमा संलग्न गराउन, आफ्ना प्रयोगकर्ताहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न खल्ती प्रतिबद्ध रहेको छ । वित्तीय समावेशीकरण प्रदान गर्ने थप महत्वपूर्ण आकांक्षाका साथ खल्ती छैटौँ वर्षमा अघि बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्