×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उँधोगतिमा कृषि विकास बैंक, सेयरधनीलाई दिने लाभांश आधा घट्यो, ‘भित्रभित्रै भ्रष्टाचार बढ्यो’

अर्थ सरोकार

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार

PRIME CA

उँधोगतिमा कृषि विकास बैंक, सेयरधनीलाई दिने लाभांश आधा घट्यो, ‘भित्रभित्रै भ्रष्टाचार बढ्यो’

काठमाडौं । बेलाबेला अनेक प्रकरणका कारण विवादमा आइरहने कृषि विकास बैंकको लाभांश दर करिब आधाले घटेको छ । बैंकले गत आर्थिक वर्षका लागि १३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यो लाभांश पोहोर २१ प्रतिशत थियो ।

१३ प्रतिशतमध्ये २ प्रतिशत बोनस सेयर हो भने बाँकी ११ प्रतिशत नगद दिने जनाएको छ । राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले यो लाभांश पाउनेछन् ।

केहि समय अघि मात्र नेपाल राष्ट्र बैंकले करिब २० लाख रुपैयाँ बैंकलाई जरिवाना तिराएको थियो । बैंकले गैरकानुनी काम गरेको पाइएपछि यस्तो जरिवाना तिराइएको थियो ।

बैंककै कर्मचारीहरु पनि केहि ठुला कर्मचारीहरु भ्रष्टाचारमा लिप्त भएकाले बैंक उँधोगतिमा लागेको बताईरहेका छन्।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: