Skip to content
LAXMI SUNRISE BANK

संक्रान्तिको तयारीः चाकु र तरुलको व्यापार ह्वात्तै बढ्यो, कुम्भ मेला झैँ देखिए तरकारी बजार…

अर्थ सरोकार

काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै तरुल र चाकुको व्यापार ह्वात्तै बढेको छ । मधेशमा मैथिल र थारु समुदायहरुले बृहत सद्धभावका साथ मनाउने माघी आउन अब एक दिनमात्रै बाँकी रहँदा बजारमा तरुल र चाकुको व्यापार बढेको हो ।

अहिले काठमाडौं लगायतका विभिन्न शहरहरुमा तरुल र चाकुको माग अस्वभाविक बढेको छ । माघी पर्वमा घ्यु, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु, तरुल, सख्खरखण्ड लगायतका पक्वान् खाने चलन अनुसार यी परिकारको माग ह्वात्तै बढेको हो । यति सम्म कि अहिले काठमाडौंका अधिकांश तरकारी बजार तरुल र चाकु किन्नेहरुको भिडले कुम्भ मेला झैँ दखिएका छन् ।

‘यो तरुलको सिजन हो, अहिले तरुलको माग अन्य समयको भन्दा अस्वभाविक छ’, कालिमाटी तरकारी तथा फलफुल बजारमा तरुल बेच्दै गरेका एक व्यापारीले भने, ‘अहिले त बजारको मागलाई धान्नै भ्याईनभ्याई छ, माग बढी हुँदा बाहिर जिल्लाबाट पनि आयात गर्नुपर्ने अवस्था आएको छ ।’

जाडोमा गर्मी बढाउने भएकाले पनि तरुलको व्यापार बढ्ने अर्का एक व्यापारीले बताएका छन् । ‘जाडो मौसममा तरुल र चाकुको व्यापार गर्मियाममा भन्दा बढी नै हुन्छ’, ती व्यापारीले भने, ‘अझ माघे संक्रान्तिमा यी दुवै वस्तुको व्यापार झन् बढेको हो ।’

शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरिर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घुस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK