काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चावहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको OPD doctor consultation & checkup सेवा नि:शुल्क, General Dental Treatment सेवामा १५% र Ortho Therapy & Dental Implant Treatment सेवामा १०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा.सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन् । यस किसिमको सहकार्यबाट दन्त उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।