×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको २१औं वार्षिक साधारणसभा सम्पन्न, १०.४७ प्रतिशत लाभांश पारित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंकको २१औं वार्षिक साधारणसभा सम्पन्न, १०.४७ प्रतिशत लाभांश पारित

Artha Sarokar

१ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा पौष २९ गते शुक्रबार लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौर, काठमाडौंमा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।

साथै, वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

उक्त साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० मा बैंकको लेखापरिक्षण गर्न जे.बि. राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी