काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको १५औं वार्षिक साधारणसभा पौष २९ गते थापागाउँ व्याङ्केट, थापागाउँ, नयाँबानेश्वरमा सम्पन्न भएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ ।
केन्द्रिय कार्यालय सहित २७ शाखाहरु रहेको यस फाइनान्सको २०७९ साल मंङ्गसिर मसान्तसम्म रु.१ अर्ब ३५ करोड चुक्ता पुँजी एवम् ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु १२.४६ अर्ब निक्षेप संकलन गरी रु ११.५० अर्ब कर्जा परिचालन गरेको छ ।
साथै फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, अनलाईन खाता र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्