×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

‘सेयरधनीको पैसा होल्ड गरेर ब्रोकरले चलाउँछन् र कमाउँछन्, हो ?’ यस्तो छ सेयर ब्रोकर रानाभाटको जवाफ

SAGARMATHA CEMENTS

काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्षसमेत रहेका भरत रानाभाटले सेयर बजारमा सेयरधनीहरुको पैसा होल्डमा राखेर ब्रोकरहरुले चलाउँछन् र त्यहि पैसा चलाएर उनीहरु कमाउँछन् भन्ने आरोपमा सत्यता नरहेको दाबी गरेका छन् । सेयर बजार सम्बन्धि अर्थ सरोकार डटकमको प्रस्तुती साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले सेयर ब्रोकरहरुले सेयरधनीको पैसा होल्ड गर्छन् र सो पैसा चलाउँछन् भन्ने आरोपमा कुनै पनि सत्यता नरहेको र यस्तो हुनै नसक्ने दाबीसमेत गरेका छन् । साथै उनले केहि प्राविधिक कारणले सेयरधनीको पैसा समयमा नआउने गरेको भए पनि आजकल यस्तो समस्या नरहेको बताएका छन् । ‘पहिला केहि प्राविधिक समस्या हुँदा, बैंक खातामा समस्या हुँदा लगायतका कारणले समयमा पैसा नआउने गरेको गुनासो पनि थियो । तर अहिले त्यस्तो समस्या छैन ।

फरक प्रसङ्गमा रानाभाटले ब्रोकर थपिनु अहिलेको स्थितिमा ठिक नभएको दाबीसमेत गरे । उनले भएकै ब्रोकरहरुलाई पनि बजारमा गाह्रो भएको स्थितिमा ब्रोकरहरु थप गर्नु ठिक नभएको दाबी गरेका छन् । यद्यपी ब्रोकरहरुले पैसा खुवाएर नीति नै परिवर्तन गर्न नदिएको भन्ने तर्कमा भने कुनै तुक नरहेको उनको दाबी छ । ‘यस्तो आरोप कहीं कतै लागेको भए, त्यो सरासर गलत हो ।’कार्यक्रममा उनले भनेका छन् ।

यो कार्यक्रम आइतबार बेलुकी ८ बजे अर्थ सरोकारमा प्रशारण हुन्छ । कार्यक्रम मार्केट टक हरेक शुक्रबार स्पेस फोके टेलिभिजनमा प्रशारण हुन्छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal