काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परी आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आवद्ध गरी नयाँ ‘मेगा इन्स्योर्ड पोर्टफोलियो’ सेवा सञ्चालनमा ल्याएको छ ।
यस नयाँ सेवाले ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकुल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै सेयर बजारमा हुने लागानीको जोखिमलाई समेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्नेमा केन्द्रित रहने क्यापिटलले जनाएको छ । सवल तथा सुरक्षित भविष्यका लागि गरिने लगानीमा आकस्मिक पर्न आउने स्वास्थ्य समस्याले तय गरिएको रणनीति तथा योजनामा धक्का पर्ने हुनाले यस प्रकारको आइ पर्ने खर्चलाई बीमाद्वारा सुरक्षित गरेमा ढुक्कको साथ भविष्यका लागि लगानी रकम थप बृद्धि गरी अझै उज्जवल तथा समृद्ध भविष्य परिकल्पना गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।
लगानीको आकर वमोजिम बीमाको सुरक्षा रकम निर्धारण गरिएको र सो रकमलाई दुर्घटना बीमा तथा स्वास्थ्य बीमा अनर्गत अस्पताल भर्ना खर्च बीमा रकममा बराबर अनुपातमा विभाजन गरिएको छ । उक्त सेवा न्यूनतम ३ लाख नगदबाट वा आफुसँग भएको उक्त रकम बराबरको सेयर दिएर समेत प्रारम्भ गर्न सकिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्