Skip to content
LAXMI SUNRISE BANK

डाक्टर भगवानसँग मुक्तिनाथ विकास बैंकको सहकार्य, बालअस्पताल निर्माणकालागी ५ लाख रुपैयाँ सहयोग गर्ने

अर्थ सरोकार

काठमाडौं । मुक्तिनाथ विकास बैंक १६औं वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रोफेसर एवम् डाक्टर भगवान कोईरालाको अध्यक्षतामा संचालित गैर नाफामुलक संस्था’काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ सँग सम्झौता गरेको छ ।

बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोईरालाले हस्ताक्षर गरेको उक्त सम्झौता बमोजिम झापाको दमकस्थित निर्माणाधिन बालअस्पताल निर्माणको लागि बैंकले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पुर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताएका छन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकका एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकका एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK