×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा र भन्सार विभागबीच सवारी साधनहरुको भन्सार जाँचपासबारे छलफल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नाडा र भन्सार विभागबीच सवारी साधनहरुको भन्सार जाँचपासबारे छलफल

Artha Sarokar

२१ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नाडा अटोमोबाइल्स र भन्सार विभागका महानिर्देशकबीच पुस २० गते बुधबार सवारी साधनहरुको भन्सार जाँचपासबारे छलफल भएको छ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रवहादुर बुढासँग भेटगरी नेपालको भन्सार नाकाहरुमा जम्मा भएका सवारी साधनहरुको भन्सार जाँचपासका सम्बन्धमा विस्तृत छलफल गरेको हो ।

उक्त छलफलमा राजनबाबु श्रेष्ठले सरकारले विभिन्न चरणमा ल्याएका नितिहरुका कारण अटोमोवाइल व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेको बताएका थिए । श्रेष्ठका अनुसार बैंक लगायतका वित्तिय निकायहरुले लगाएको उच्च व्याज दर, अटो लोन हायर पर्चेज कर्जामा जोखिम भार १५० प्रतिशतमा पुर्याइएको, बैंकहरुबाट नीजि सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको सीमा ५० प्रतिशत पुर्याइएको आदि विभिन्न कारणले बजारमा सवारी साधनहरु बिक्री हुन सकेको छैन ।

सो छलफलमा श्रेष्ठले व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनहरूको बिक्री समेत दुई तिहाइले घटेको जानकारी दिएका थिए । कार्यक्रममा नाडाका पूर्व अध्यक्ष सुनिल खेतानले भन्सार जाँचपासका लागि विभागले तोकेको सबै कागजातहरू पेश गर्दा पनि भन्सार जाँचपासमा कठिन भएको गुनासो गरे। सोही क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले कोभिडको समयमा नियन्त्रणमा आएको अनाधिकृत आयात अहिले निकै बढ्न थालेकाले यसको नियन्त्रणका लागि विभागले आवश्यक पहल गर्नुपर्ने भन्दै कम्प्युटर बिलिङलाई अनिवार्य गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै ‘टू ह्विलर समिति’ का सभापति अभिक ज्योतिले उच्च ब्याजदरका कारण मोटरसाइकलको आयातमा ५० प्रतिशतले कमि आएको जानकारी दिए। त्यसैगरी राजश्व समितिका सभापति आकाश गोल्छाले नेपालमा सवारी साधनको एसेम्बल प्लान्ट खोल्न फिजिविलिटी नभएका सवारी साधन पैठारीकर्ताहरूले सवारी साधनको एसेम्बल प्लान्ट खोल्न फिजिविलिटी भएका कम्पनीहरूसँग मिलेर आफ्नो ब्राण्डको एसेम्बल गर्न सकिने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका थिए ।

उक्त छलफलमा महानिर्देशक बुढाले सरकारलाई राजश्व संकलनको दवाव परिरहेको बताउँदै विभागले व्यवसायीहरूको मागलाई यथासम्भव सम्बोधन गर्ने बताए । सोही क्रममा महानिर्देशक बुढाले नेपालका भन्सार नाकाहरूमा आइसकेका सवारी साधनहरूको यथासम्भव भन्सार जाँचपासका लागि आग्रह गर्दै नेपालका भन्सार नाकाहरूमा कुन-कुन ब्राण्डका के-कति सवारी साधनहरू छन् त्यसको तथ्यांक उपलब्ध गराउन समेत अनुरोध गरेका थिए ।

छलफलमा भन्सार विभागका उपमहानिर्देशक डिलाराम पन्थी, यज्ञराज कोइराला, सूचना अधिकारी पुण्य विक्रम खड्का, निर्देशक रामप्रसाद रेग्मी, रामप्रसाद मैनाली र कृष्ण बस्नेत समेतको उपस्थिति रहेको उक्त छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य बरदान बस्नेत समेतको उपस्थिति थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी