×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सवारीसाधनलाई विलाशिताको वस्तुको वर्गीकरणबाट हटाउन अर्थमन्त्रीलाई नाडाको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सवारीसाधनलाई विलाशिताको वस्तुको वर्गीकरणबाट हटाउन अर्थमन्त्रीलाई नाडाको आग्रह

Artha Sarokar

११ माघ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सवारीसाधनलाई विलाशिताको वस्तुको वर्गीकरणबाट हटाउन अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गरेको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्व गएको प्रतिनिधिमण्डलले सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्मालाई भेटेर यस्तो आग्रह गरेको हो । अध्यक्ष थापाले सवारीसाधनलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरण गरेर सोहीअनुरुप नीतिहरुको निर्माण गरिरहेको गुनासो गरेका थिए । ‘त्यसैले सवारीसाधनलाई उक्त वर्गीकरणबाट हटाउन हाम्रो आग्रह हो’, उनले भने ।

अध्यक्ष थापाले सरकारले आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाउनु र ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध पनि फुकुवा गरेकोमा धन्यवाद दिएका थिए । उनले सरकारको हालको यो निर्णयहरुले अटोमोबाइललगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने बताए ।

अध्यक्ष थापाले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोबाइल व्यवसायीहरु आफनो व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था विद्यमान नै रहेको पनि बताएका थिए । ‘अहिले लाखौँको संख्यामा रहेका कर्मचारी तथा मजदुरले आफनो रोजगारीसमेत गुमाइरहेका मात्र छैनन्’, उनले भने, ‘नेपालका भन्सार नाकाहरुमा ६ महिनादेखि करिब ३ हजार सवारीसाधनहरुको भन्सार जाँचपाससमेत हुन नसकेको अवस्था छ । यस्तो जटिल स्थितिको समुचित समाधानका लागि हाम्रो आग्रह छ ।’

अर्थमन्त्री पौडेलले सवारीसाधनहरुलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरण गरेको बारेमा आउँदो बजेटसम्बन्धी छलफलमा नाडालाई बोलाइ छलफल गरिने आश्वासन दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी