×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थतन्त्रलाई सही बाटो तर्फ लैजान सहकार्य जरुरी छ’ : राजेन्द्र मल्ल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘अर्थतन्त्रलाई सही बाटो तर्फ लैजान सहकार्य जरुरी छ’ : राजेन्द्र मल्ल

Artha Sarokar

६ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई सही बाटोतर्फ लैजान सहकार्य जरुरी रहेको बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा कार्य समिति सदस्यहरुको सम्मानमा नेपाल चेम्बर अफ कमर्सद्धारा आयोजित स्वागत कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले यस्तो बताएका हुन् ।

‘सरकारले प्रतिवद्धता गरेका कतिपय सुबिधाहरु व्यवहारमा उपलब्ध हुन नसकेका कतिपय उदाहरणहरु छन्’ उनले भने ‘यी प्रतिवद्धताहरु शब्दमा मात्र सिमीत रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षलाइ घच्घच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको छ ।’ सरकारका आर्थिक अजेन्डामा आफूहरुको समान दायित्व भएकोले आफूहरु सहकार्य गर्दै अगाडि बढ्नु जरुरी रहेको मल्लले बताए ।

सोही अवसरमा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्ने, आर्थिक मन्दीका सन्दर्भमा निजी क्षेत्रसंग समन्वय गर्ने र निजी क्षेत्रका चुनौतिहरुलाइ सम्प्रेषण गर्ने उद्धेश्यले यस संस्थाको स्थापना भएको बताउँदै संस्थाको भूमिकामा केही कमजोरी भए सुझाव दिन पनि आग्रह गरेका थिए । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल तथा उपाध्यक्ष उर्मिला श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

इकोनोमिक मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष सिताराम बिलासी, उपाध्यक्ष द्धय सोमनाथ वास्तोला र लोचन खतिवडा महासचिव नारायण पौडेल सचिव हिम बिष्ट, सहसचिव बिष्णु जमरकट्टेल, कोषाध्यक्ष केशव भण्डारी सदस्यहरु मिलन खडका तथा सुरेन्द्र पौडेलको पनि उपस्थिती रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी