×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण सम्पन्न

Artha Sarokar

२४ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पौष २३ गते काठमाडौंको आर्मी अफिर्सर क्लबमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा देशभरबाट ८०० जना भन्दा धेरै अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा विशेष कारणबस देश बाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरुलाई स्वागत गर्दै उनीहरुको सिकाईमा थप टेवा पुग्ने कुरा बताएका थिए । यसले उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने कुरा जाहेर गरेका थिए ।

साथै उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य व्यक्त गर्दै नायब महाप्रबन्धक उमापति पोख्रेलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश परेका थिए । उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए । कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने जनाएका थिए ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । साथै, कम्पनीले हालसम्म ९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी