काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबार काठमाडौंको हायत प्लेसमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड २०२३ समारोह सम्पन्न गरेको छ ।
वर्ष सकिएको सात दिन भित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हनार ३०० रुपैयाँ प्रथम बीमा शुल्क सकलन गरी ‘एमडीआरटी’ का लागि योग्य भएका २४३ जना अभिकर्तालाई कम्पनीले सम्मान गरेको थियो । कार्यक्रमको शुभारम्भ पानसमा दिप प्रज्वलन गर्दै नायव प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका थिए । उक्त कार्यक्रममा देश बाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई सबैलाई स्वागत गरे।
आफ्नो भिडियो संदेशमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उनीहरूकै अथक मेहनत र परिश्रमका कारण कम्पनी सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरुको चौतर्फी विकाशका निम्ति कम्पनी निकै नै संबेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।
उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य व्यक्त गर्दै नायव महाप्रबन्धक उमापति पोखरेलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पार्नुका साथ साथै सम्मानित हुनेलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । नेपालका ८ हजार मिटरभन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेकी पुर्णिमा श्रेष्ठले कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित भई आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरहरूको सम्बन्धमा प्रकाश परेकी थिइन् ।
कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब एक सय ९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्