×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले महुली र महिला लघुवित्तको सेयर कारोबार रोक्का गर्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेप्सेले महुली र महिला लघुवित्तको सेयर कारोबार रोक्का गर्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुईवटा लघुवित्त वित्तीय संस्थालाई कार्वाही गरेको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले महुली लघुवित्त र महिला लघुवित्त वित्तीय संस्थालाई कार्वाही गरेको जनाएको हो ।

कानुन विपरित धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमा नदिएको भन्दै नेप्सेले दुवै लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।

महुली लघुवित्तले दोस्रो बजारमा कारोबार भईरहेको समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धी निर्णय गरेको भन्दै कार्वाही गरेको नेप्सेले जनाएको छ । त्यस्तै, महिला लघुवित्तले सञ्चालक समितिको निर्णय बजार खुलेपछि मात्रै नेप्सेलाई जानकारी गराएको भन्दै कार्वाही गरिएको हो ।

नेप्सेले मंगलबार दुवै कम्पनीको सेयर कारोबार रोक्का गर्दै सूचना जारी भएको तीन दिनभित्र स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिएको छ । यस्तो छ नेप्सेली जारि गरेको सूचना:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: