×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबिएल एस क्यापिटलले ४ अर्ब भन्दा बढि लगानी व्यवस्थापन गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईबिएल एस क्यापिटलले ४ अर्ब भन्दा बढि लगानी व्यवस्थापन गर्दै

Artha Sarokar

१३ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आईरहेको विभिन्न सेवाहरु मध्ये लगानी व्यवस्थापन सेवाको सुरुवात बि.स.२०७१ साल देखि हुदै आएको छ ।

दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरु द्वारा पारदर्शी तथा ग्राहक मैत्री सेवा प्रदान गर्दै आईरहेको क्यापिटलमा हालसम्म यस लगानी व्यवस्थापन सेवामा ११०० भन्दा बढी ग्राहक आबद्ध हुनुकासाथै ४ अर्ब भन्दा बढि आकारको लगानीको व्यवस्थापन हुदै आइरहेको छ ।

एनआईबीएल एस क्यापिटलले विगत ८ वर्ष अधिदेखी सुरुवात गरेको यस सेवा अन्तर्गत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राहकवर्गले कम्पनी प्रति देखाएको विश्वास र सेवामा आवद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफ र ग्राहकबर्गको हितलाई नै सर्वोपरी ठानी कार्य गर्ने कुसल लगानी व्यवस्थापकहरुको कारण यो ४ अर्बको आकारको कोषे ढुङ्गा प्राप्त गर्न कम्पनी सफल दावी गरेको छ ।

आगमी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने यस क्यापिटलले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी