×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा लम्साल नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा लम्साल नियुक्त

Artha Sarokar

१ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस २९ गते शुक्रबारका दिन काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रा.लि. (आरोग्य हल) मा सम्पन्न भएको हो ।

बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्ने प्रस्ताव पारित गरेको छ ।

सो सभाले मिति २०७९/०७/०२ गते सम्पन्न सञ्चालक समितिको ५७१औं बैठकको निर्णयानुसार सर्वसाधारण सेयरधनी समुहको तर्फबाट सञ्चालकमा वसौटी-६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर-३१, काठमाडौं निवासी केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी