काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुरको ताथलीस्थित काठमाण्डौ क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवामा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।
समझदारीपत्रमा बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ युनिभर्स श्यामप्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रा.डा. अन्जनीकुमार झाले हस्ताक्षर गरेका छन् । उक्त समझदारीअनुसार एनआईसी एशिया बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीले यो फाइदा उपभोग गर्न सक्नेछन् ।
यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप तथा कार्ड प्रयोगकर्ताले उक्त सेन्टरमा थ्रीडी सीआरटी, आईएमआरटी, भीएमएटी, पालिटिभ केयर र टीबीआई (टोटल बडी रेडिएसन) उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यसका साथै बैंकका कर्मचारीलाई उक्त उपचारमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरु भएको बैंकहरुमध्येको बैंक हो । बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्