काठमाडौं । एनएमबि बैंकको २७औं साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा पौष २५ गते, सोमबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा सम्पन्न भएको हो । सभामा बैंकमा संचालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरुको उपस्थिति रहेको थियो ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका सेयरधनीहरुले आ-आफ्नो विचार समेत व्यक्त गरेका थिए ।
उक्त वार्षिक साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्