काठमाडौं । आइपीओ निष्काशनको योजनासहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले लाभांश पारित गरेको छ । शुक्रबार थापाथलीस्थित बिएलसीको सभाकक्षमा सम्पन्न दोश्रो साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावमा संसोधन गर्दै लाभांश केही बढाएर पारित गरेको हो ।
यसअघि सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरणको निर्णय गर्दै सोही प्रस्ताव साधारणसभामा लगेको थियो । सञ्चालक समितिले लगेको प्रस्ताव अनुसार २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(करसहित) वितरण गरिने थियो । तर, साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
साधारणसभाको उद्धघाटन नर्भिक अस्पतालका संरक्षक बसन्त चौधरी र अस्पतालको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए । हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै अब चुक्तापूँजी बढेर २७ करोड रुपैयाँ पुगेको छ ।
साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने लगायतका अजेण्डाहरु पनि पारित भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्