×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीलंकाभन्दा बिजोग अवस्थामा ‘पाकिस्तानी अर्थतन्त्र’, देश नै ‘डिफल्ट’ हुने बाटोमा, बाढीको वितण्डाले थप समस्या…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

श्रीलंकाभन्दा बिजोग अवस्थामा ‘पाकिस्तानी अर्थतन्त्र’, देश नै ‘डिफल्ट’ हुने बाटोमा, बाढीको वितण्डाले थप समस्या…

Artha Sarokar

१९ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अन्तराष्ट्रिय । राजनीतिक अस्थिरता र यस वर्ष आएको भिषण बाढीका कारण पाकिस्तानको अर्थतन्त्र धरासायी बनेको छ ।

यतिसम्म कि पछिल्लो समय पाकिस्तानी अर्थतन्त्र श्रीलंकाको भन्दा पनि बिजोग अवस्थामा रहेको विश्लेषकहरुको दाबी छ । पाकिस्तानी अर्थतन्त्रको हरिबिजोग हुनुको मुख्य कारण देशमा लगानीयोग्य पूँजीको अभाव र आर्थिक घाटा बढ्दै जानु हो । यो सँगै पाकिस्तानी रुपैयाँलाई अमेरिकी डलरको भाउले लगातार पछि पारेसँगै पाकिस्तानी अर्थतन्त्र दिनप्रतिदिन बिग्रदै गएको छ ।

आर्थिक विश्लेषकहरुका अनुसार पाकिस्तामा भएको आयातको वृद्धि र निर्यातमा कमी आएसँगै डलरको भाउ आकाशिएको हो । त्यस्तै, पाकिस्तानको व्यापारिक घाटा पनि निरन्तर बढीरहेको छ, जुन देशको अर्थव्यवस्थाका लागि खतरायुक्त हुने जानकारहरु बताउँछन् ।

यसो त आर्थिकमन्दीको चरम सिमामा पुगेको पाकिस्तानले यतिबेला कुनै पनि स्रोतबाट आर्थिक सहयोग वा ऋण पाइरहेको छैन । जसका कारण विदेशी मुद्राकोषमा भारी गिरावट आएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पाकिस्तानले केही महिनाभित्रमा ३० बिलियन अमेरिकी डलर वैदेशिक ऋण चुक्ता गर्नुपर्नेछ । तर, बिग्रदो अर्थतन्त्रकाबीच पाकिस्तानलाई यो ऋण चुक्ता गर्न निकै चुनौति देखिन्छ । तिर्नुपर्ने ऋण तिर्न नसक्दा देश नै ‘डिफल्ट’ हुने बाटोमा जाने आंकलन विश्लेषकहरुले गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी