काठमाडौं । प्रभु क्यापिटलले ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ । ग्राहकहरुलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको जनाएको छ । डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष १०० रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने रहेको छ ।
अन्यथा खाता फ्रिज हुने यावत् समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्ने अवस्था भोग्नुपर्ने हुन्छ । सोही समस्याको हल स्वरुप प्रभु क्यापिटलले यो योजना ल्याएको हो, जुन नयाँ तथा पुराना सबै ग्राहकहरुमा मान्य हुनेछ ।
आइतबारबाट सुरु भएको यस योजनामा हितग्राहीले एक पटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले १ वर्षको अवधिमा १ लाख बराबरको दुर्घटना बीमा पनि पाउने क्यापिटलले जनाएको छ ।
यो योजनाले सक्रिय रुपमा पूँजी बजारमा लाग्ने हितग्राहीलाई डिम्याट खाता नवीकरणका झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीन रुपमा भित्रायाउनमा सघाउ पुर्याउनेछ । यो डिम्याट खाता देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।
यसमा व्यक्तिले अनलाइन रिक्वेस्ट गर्दा भिडिओ केवाईसी वा इन एप भेरिफिकेसन छनौट गरी आफ्नो अनुकूलता अनुसार समय लिई तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्