Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न, १२.५० प्रतिशत लाभांश पारित

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुस २८ गते काठमाडौं मा १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश र  आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन सहित विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

साधरणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैयाँ नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैयाँ बराबरको  बोनस सेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ । यसपछी बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ हुने भएको छ ।

साधारण सभामा बैंकका सेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनिहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK