ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षतामा भएको साधारण सभाको उद्धघाटन बैंकका सल्लाहकार तथा पूर्व मन्त्री केशव बडालले गरेका थिए।
साधारण सभामा प्रस्तुत भएको सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेट तथा कार्यक्रम, आर्थिक वर्ष २०७९/०८० को लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, विनियम संशोधन, विभिन्न कार्यविधिहरू संशोधन, कार्यसूचीमा थप भएका प्रस्ताव, वैदेशिक निकायबाट सहुलियत पूर्ण कर्जा लिने लगायत साधारणसभामा पेस भएका सम्पूर्ण नीति तथा कार्यक्रमहरू पारित भएको छ ।
कार्यक्रममा सल्लाहकार तथा पूर्व मन्त्री केशव प्रसाद बडालको प्रमुख आतिथ्ययतामा भएको समापन कार्यक्रममा बैंकका सल्लाहकार तथा पूर्व मन्त्री दीपक प्रकाश बाँस्कोटा, सल्लाहकारहरू कमल चौलागाई, राधा घले, राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष तथा बैंकको लेखा सुपरिवेक्षण समितिका नि–वर्तमान सदस्य मित्रराज दवाडी, सहकारी विभागका रजिस्ट्रार रुद्र प्रसाद पण्डित, पूर्व सञ्चालक डिल्ली तिवारी, सुर्यविनायक नगरपालिकाकी उपमेयर तथा बैंकको पूर्व सञ्चालक सरिता भट्टराई, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्व अध्यक्ष ऋषिराज घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
आगामी ४ वर्षे कार्यकालका लागि साधारण सभाले के.बी. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको निर्वाचन उप-समितिका संयोजक सुमन पौडेलले बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्