×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘वित्तीय संकट समाधानका लागि राज्य सहित सबै पक्ष जिम्मेवार हुनुपर्छ’ : उप्रेती

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘वित्तीय संकट समाधानका लागि राज्य सहित सबै पक्ष जिम्मेवार हुनुपर्छ’ : उप्रेती

Artha Sarokar

२१ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेतीले मुलुकमा देखिएको वित्तीय संकट समाधानका लागि राज्य सहित सरोकारवाला सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । नेपाल सहकारी पत्रकार समाजका पदाधिकारीहरुसँग बुधवार बैंकको कार्यालयमा भएको अन्तरक्रियामा बोल्दै उप्रेतीले यस्तो बताएका हुन् ।

सहकारीसँगै समग्र वित्तीय क्षेत्रमा देखिएको समस्याका बारेमा चर्चा गर्दै अध्यक्ष उप्रेतीले सहकारीसँगै मुलुकको वित्तीय संकट समाधान गर्न सबै पक्ष लाग्नु पर्ने बताएका हुन् । सहकारी सदस्यको सहभागितामा सञ्चालन हुने व्यवसाय हो, यसलाई जोगाउनका लागि सदस्यहरुको भूमिका बढाउन आवश्यक छ, अध्यक्ष उप्रेतीले भने,’सहकारीका सदस्यलाई सचेत बनाउने विषयमा सहकारी अभियान, राज्य र सञ्चारक्षेत्रले प्राथमिकता दिनुपर्छ ।’

सहकारीको समस्या समाधानका लागि सबै पक्षलाई सहयोग गर्न आव्हान गर्दै उप्रेतीले अभियानका तर्फबाट समन्वयकारी भूमिका निर्वाह भइरहेको बताएका हुन् । सामुहिक प्रयासबाट सहकारी संघ/संस्थाहरुको थप विकास र प्रवर्द्धन गर्न सकिने भन्दै सहकारी क्षेत्रसँग जोडिएका विषयवस्तुलाई सत्य-तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न अध्यक्ष उप्रेतीले आग्रह गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सामुहिक प्रयासबाट सहकारी क्षेत्रलाई दरिलो र विश्वासयोग्य बनाउनु पर्नेमा जोड दिएका थिए । सहकारी बैंक सहकारीहरुको प्रवर्द्धन र विकासका लागि सदैव क्रियाशिल छ, हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं, गुरागाईले भने, ‘सहकारीको समस्या समाधानका लागि अभियान, राज्य र सञ्चार क्षेत्रको समेत सामुहिक भूमिका आवश्यक छ ।

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठले सहकारी क्षेत्रलाई असहज परिस्थितिबाट बाहिर ल्याउनका लागि अभियानको भूमिका थप प्रभावकारी बनाउनु पर्ने बताए । कार्यक्रमको सञ्चालन नेपाल सहकारी पत्रकार समाजका सचिव अर्जुन खतिवडाले गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी