×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शालीनदीमा अन्नको व्यापारः दालमा रंग दलेर ठगी (फोटो-कथा)

PRIME CA

शालीनदीमा अन्नको व्यापारः दालमा रंग दलेर ठगी (फोटो-कथा)

१० माघ २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । माघ शुल्क पूर्णिमासम्म लाग्ने शालीनदी मेलामा सबैभन्दा धेरै बिक्नेमध्येको एक हो दाल, गेडागुडी । खुवा, कुराउनी, श्रृङ्गारका सामाग्री, पाउँ र तितौरासँगै मेलामा सबैभन्दा बढी देखिने पसल दाल र गेडागुडीको पनि हो । हुन त शालीनदी मेला अन्न र दालका लागि पनि प्रख्यात छ ।

अझ व्यापारीहरुले मेलामै जाँतोमा पिसेर दाल बेच्ने गर्छन् । आँखै अगाडी पिसेर दिँदा ग्राहकहरुले पनि ताजा र घरकै रहेछ भन्दै किन्छन् पनि । यसैपनि पछिल्ला दिनमा शालीनदी मेलामा दाल र गेडागुडीको व्यापार ह्वात्तै बढेको छ ।

कतै त्यही दाल वा गेडागुडीको दाम अली महंगो हुन्छ भने कसैले साह्रै सस्तो मूल्यमा पनि बेचिरहेका पनि भेटिन्छन् । कतिपयले त झनै बजार मूल्य भन्दा पनि दोब्बर महंगोमा घरेलु हो भन्दै बेचिरहेका भेटिन्छन् ।

योसँगै शालीनदीमा कतिपय व्यापारीहरुले दालमा रंग दलेरसमेत बेच्ने गरेको पाइएको छ । हेर्दा आकर्षक देखाउनका लागि केही व्यापारीहरुले दालमा रंग दल्नेगरेको पाइएको हो । शालीनदी मेलामा दाल किन्नेहरु यसप्रति सचेत हुन जरुरी छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: