×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा २०.७९ प्रतिशत गिरावट, खराब कर्जा ३ प्रतिशत नाघ्यो (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा २०.७९ प्रतिशत गिरावट, खराब कर्जा ३ प्रतिशत नाघ्यो (विवरणसहित)

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा २०.७९ प्रतिशत गिरावट देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको नाफा घटेर २० करोड ७३ लाख रुपैयाँमा सिमित भएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा खुद नाफा दबाबमा परेको हो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.७९ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा २०.७९ प्रतिशतले घटेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खराब कर्जा १.१५ प्रतिशतबाट बढेर ३.३६ प्रतिशत पुगेको छ । त्यस्तै, समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ५१ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: