×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपभोक्ताको हित विपरित सेवा शुल्क नलिन सर्वोच्चको फैसला

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

उपभोक्ताको हित विपरित सेवा शुल्क नलिन सर्वोच्चको फैसला

Artha Sarokar

१२ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सर्वोच्च अदालतले उपभोक्ताको हित विपरित सेवा शुल्क लिन नपाउने फैसला गरेको छ । बुधबार राष्ट्रिय उपभोक्ता मञ्चले दायर गरको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो ।

हरेक वस्तु तथा सेवामा सेवा शुल्कको नाममा राज्यले उपभोक्ता ठग्नको लागि कानून बनाएको भन्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको नेतृत्वमा २०७५ साल असोज २३ गते सर्वोच्चमा रिट दायर भएको थियो । सोही रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानकि इजलासले उपभोक्ता हित विपरित अतिरिक्त सेवा शुल्क लिन नपाइने फैसला सुनाएको हो ।

यो सँगै अव उपभोक्तासँग गैरकानूनी रुपमा सेवा शुल्क लिन नपाइने भएको छ । यसअघि नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरणलगायतले उपभोक्तासँग अतिरिक्त सेवा शुल्क लिँदै आएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी