×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दरम खोला हाइड्रो इनर्जीले साधारण सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

PRIME CA
GLOBAL IME BANK

दरम खोला हाइड्रो इनर्जीले साधारण सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

६ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका ३९ करोड ५० लाख रकम बराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन तथा बिक्री गर्न लागेको हो ।

कम्पनीले आइपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: