×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

Artha Sarokar

१२ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको छ । यो ऋणपत्रको प्रति इकाई मुल्य रु.१००० रहनेछ र ऋण पत्रको अवधि ५ वर्ष हुनेछ । यस सम्बन्धी सम्पूर्ण कार्य एनआइबिएल एस क्यापिटलले गर्ने गरी सम्झौता भएको छ ।

ऋणपत्रका लागि व्यक्ति र निजी संस्थाहरु जो नियमित आयआर्जन गर्न चाहन्छन्, उनीहरुले दरखास्त दिन सक्नेछन् । निष्कासन हुने कुल रकममध्ये १४ लाख ४० हजार इकाइ निजी तवरमा र ९ लाख ६० हजार इकाइ सर्बसाधारणलगायत म्युचुअल फण्डहरुका लागि सेयर आह्वानपत्र जारी गरेर बाँडफाँड गरिनेछ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा संचालित एकमात्र अन्तर्राष्ट्रिय बैंक हो । साथै नेपालमा आइसिआरए नेपालद्वारा ICRANP-IR AAA श्रेणीका साथ समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा मान्यता दिइएको छ । हालैमात्र यो बैंकले न्यू बिज सम्मेलनमा बेस्ट म्यानेज्ड कमर्सियल बैंक नेपाल–२०२२ को पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी