×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

‘सुमेरु सहकारी भाग्दैन, हामी सबैको बचत फिर्ता गर्छौं’,- सञ्चालक बिरु महर्जन

BIZBAZAR

काठमाडौं । सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभका सञ्चालक बिरु महर्जनले सहकारीका बचतकर्तालाई नआत्तिन आग्रह गरेका छन् । सुमेरु सहकारी समस्यामा परेको खबर अर्थ सरोकारले सार्वजनिक गरेसंगै प्रतिक्रिया दिँदै सञ्चालक महर्जनले यस्तो बताएका हुन् ।

विगत २५ वर्षदेखि सञ्चालन हुँदै आएको सहकारीले आफ्ना कुनै पनि बचतकर्तालाई मर्कामा नपार्ने महर्जनले बताए । ‘सुमेरु सहकारी जनताको सहकारी हो, हामी कसैको पनि मिहेनत मार्दैनौँ’, उनले भने, ‘अरु सहकारीजस्तो हामी भाग्ने पक्षमा छैनौँ र भाग्दैनौँ पनि, सहकारीका कोही बचतकर्ता पनि आत्तिहाल्नुपर्दैन ।’

‘हामीले सहकारी जनताको सेवा गर्नका लागि स्थापना गरेका हौँ । आज २५ वर्ष भईसक्यो र पनि यहीँ छौँ । हाम्रो ग्राहक भने पनि भगवान् भने पनि हाम्रा बचतकर्ता नै हुन् । बचतकर्ताको पैसा खाएर मजदुरीको पाप हामी बौक्दैनौँ’, सञ्चालक महर्जनले भने, ‘सम्पूर्ण बचतकर्ताहरु ढुक्क भए हुन्छ, हामीकहाँ बचत गर्नुभएकाहरुको रकम पाईपाई चुक्ता गर्छौं ।’

त्यस्तै, सहकारीका सञ्चालक महर्जनले सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ सुमेरु ग्रुपको भएको बताउँदै बचतकर्ताको रकम समस्यामा नपर्ने दाबी गरेका छन् । ‘हामीकहाँ रकम जम्मा गर्नुभएका बचतकर्ताको रकम समस्यामा पर्दैन’, उनले भने, ‘थोरै समय लाग्न सक्छ तर सबैको हिसाब पूरापूर क्लियर गर्छौं ।’ त्यस्तै उनले सहकारीका बचतकर्तालाई नआत्तिन समेत आग्रह गरेका छन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal