×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकद्वारा केन्द्रीय अनुसन्धान व्यूरोलाइ बैंकिङ सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सनराइज बैंकद्वारा केन्द्रीय अनुसन्धान व्यूरोलाइ बैंकिङ सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण

Artha Sarokar

१३ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंकद्वारा केन्द्रीय अनुसन्धान व्यूरोलाइ बैंकिङ सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण गरेको छ । बैंकिङ पहुच बढ्दै गएको हालको अवस्थामा यसको प्रयोग संगै यसमा सतर्कता अपनाउनु पनि उतिकै आवश्यक देखिएको छ । साधारण बैंकिङ सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेका छन् ।

हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई, बैंकिङ र डिजिटल बैंकिङमा अपनाउनु पर्ने सावधानीहरु समेटेर बैंकले ‘कुशल’ नामक चेतनामुलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको छ ।

मिति २०७९/१०/११ बुधबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका हुन् । उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ सुरक्षा सम्बन्धी चेतनामुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताएका छन् ।

उक्त भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशै भरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजाल मार्फतसमाजमा पुर्याएर चेतना बढाउन मदत गर्ने जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी