×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुपर हेवा पावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुपर हेवा पावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

Artha Sarokar

२८ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरले ११ करोड ५४ लाख ३६ हजार रकम बराबरको ११ लाख ५४ हजार ३ सय ६० कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो ।

साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको कम्पनीले जनाएको छ ।

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी