बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले ७ जनालाई संस्थाको सल्लाहकार चयन गरेको छ ।
संस्था स्थापना गर्ने संस्थापकदेखि संस्थाको विभिन्न अभियानमा महत्वपूर्ण योगदान पुर्याएका सेयर सदस्यहरु मध्येबाट ७ जनालाई सल्लाहकार चयन गरिएको संस्थाले जनाएको छ । संस्थाको सञ्चालक समितिको बैठकले संस्थापक अध्यक्ष मन कुमारी केसी जिसी, निवर्तमान अध्यक्ष अमर बहादुर थापा, संस्थापक लेखा सुपरीवेक्षण समितिका संयोजक डिल बहादुर कार्की, एकता अभियानबाट रुद्र बहादुर महतलाई सल्लाहकार चयन गरेको हो ।
यस्तै, सेयर सदस्यहरु कमल प्रसाद प्रधान, दयाराम पौडेल र सुरेश प्रसाद श्रेष्ठलाई सल्लाहकार चयन गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिएकी थिइन् । संस्था स्थापना गर्ने, विभिन्न समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र संस्था सञ्चालनमा महत्वपूर्ण योगदान गर्ने सेयर सदस्यहरु मध्येबाट सल्लाहकार चयन गर्ने संस्थाको कार्यविधि अनुसार यस पटक ७ जनालाई सल्लाहकार चयन गरिएको अध्यक्ष जिसीले बताएका थिए ।
संस्थाले विभिन्न १२ वटा विषयगत उप-समितिहरु समेत गठन गरेको छ । उप-समितिको संयोजकमा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु रहेका छन् । उप-समितिका सदस्यहरु सेयर सदस्यहरु मध्येबाट चयन गरिने जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्