×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण (फोटो-कथा)

Artha Sarokar

२ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले दुई दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दुई दिने भ्रमणका लागि नेपाल आएका भारतीय सचिव क्यावत्रा र प्रधानमन्त्री दाहालबीच उर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा र संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको थियो ।

त्यस्तै, परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी विनयमोहन क्वात्राबीच द्विपक्षीय भेटवार्तामा महत्वपूर्ण छलफल भएको छ । भेटका क्रममा दुई परराष्ट्र सचिवले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा कनेक्टिभिटी, व्यापार तथा पारवहन, विद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटवार्ताका क्रममा दुवै पक्षले रेलमार्ग, प्रसारण लाइन, पुल र आईसीपीजस्ता कनेक्टिभिटी परियोजनाहरूमा भएको प्रगतिको सन्तोषजनक समीक्षा गरेका थिए । नेपालका परराष्ट्र सचिव पौड्यालले रासायनिक मलको आपूर्ति, खाद्यान्न निर्यातको प्रतिबन्ध खुकुलो पार्ने र डायलासिस मेसिन उपलब्ध गराएकामा भारत सरकारलाई धन्यवाद दिएका थिए ।

दुवै पक्षले पारवहन सन्धिको नवीकरण, व्यापार सन्धिको समीक्षा र व्यापारसम्बन्धी अन्तर–सरकारी समिति (आईजीसी) चाँडै नै बोलाउने विषयमा छलफल गरेका थिए । बैठकमा विनिमय बजारका सबै उत्पादनको उपयोग गरी दीर्घकालीन आधारमा नेपालबाट भारतमा विद्युत् निर्यात गर्न दिने प्रतिबद्धता व्यक्त गरिएको थियो । दुबै पक्षबीच सीमापार प्रसारण लाइनको प्राविधिक स्तरोन्नति र प्रस्तावित चार प्रसारण लाइन आयोजनाको प्रारम्भिक स्वीकृतिबारे पनि छलफल भएको थियो ।

परराष्ट्र सचिव पौड्यालले थप हवाई प्रवेश मार्गका साथै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सीमा उडान गर्न चाँडो सहमतिका लागि नेपाल सरकारको आग्रह दोहोर्याएका थिए । दुई परराष्ट्र सचिवबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा दुवैले स्थापित द्विपक्षीय संयन्त्रमार्फत बाँकी रहेका खण्डहरूमा सीमा नाकाको काम पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेको समेत मन्त्रालयले जनाएको छ ।

दुवैबीचको भेटवार्तामा दुई देशका विदेश सेवा प्रज्ञा प्रतिष्ठानबीचको एमओयूलाई अन्तिम रूप दिन पनि सहमति भएको छ । दुई छिमेकीबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई झल्काउने मित्रता र सौहार्दपूर्ण वातावरणमा उक्त भेटवार्ता भएको थियो ।

परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आएका विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग छुट्टाछुट्टै शिष्टचार भेटवार्ता गरेका थिए भने उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी