×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरमा कुखुरामा बर्डफ्लु संक्रमण पुष्टी, ११ हजार बढी कुखुरा र चल्ला नष्ट, सचेत रहन सबैलाई आग्रह

PRIME CA
GLOBAL IME BANK

भक्तपुरमा कुखुरामा बर्डफ्लु संक्रमण पुष्टी, ११ हजार बढी कुखुरा र चल्ला नष्ट, सचेत रहन सबैलाई आग्रह

११ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कुखुरामा बर्डफ्लु भेटिएपछि भक्तपुरमा ११ हजार कुखुरा र चल्ला नष्ट गरिएको छ । फार्ममा पालेको कुखुरामा बर्डफ्लु भेटिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालको रातोपाटीस्थित तीन वटा फार्ममा पालिएका कुखुरा, चल्ला, अण्डा र दानासँगै अन्य पदार्थ नष्ट गरिएको हो ।

चाँगुनारायणको सो क्षेत्रमा सञ्चालित चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्राली, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार कुखुरामा बर्डफ्लु संक्रमण भेटिएपछि कुखुरा, चल्ला र अण्डासहितका पदार्थ नष्ट गरिएको हो ।

तीनवटै फार्मबाट १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० वटा कुखुराका चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक प्रजित केसीले जानकारी दिएका छन् ।

फार्ममा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण भेटिन थालेसँगै पशुसेवा विभागले सचेत रहन समेत आग्रह गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: