×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्यालेन्टाइनस डेको अवसरमा बिजबजारले ल्यायो ‘बि आवर भ्यालेन्टाइनस’ योजना, ७० प्रतिशतसम्मको छुट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भ्यालेन्टाइनस डेको अवसरमा बिजबजारले ल्यायो ‘बि आवर भ्यालेन्टाइनस’ योजना, ७० प्रतिशतसम्मको छुट

Artha Sarokar

२७ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ई-कमर्स प्लेटफर्म बिजबजारले भ्यालेन्टाइनस डेको अवसरमा ७ फेब्रुअरी देखी एक हप्ता अर्थात् भ्यालेन्टाइनस् डे १४ फेब्रुअरी सम्म ‘बि आवर भ्यालेन्टाइनस’  नामक भ्यालेन्टाइनस विक योजना सञ्चालन गरिरहेको छ ।

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पियन अन्तर्गतको ‘गिफ्ट फर हिम’ योजनामा ५५ प्रतिशत सम्म, ‘गिफ्ट फर हर’ योजनामा ५५ प्रतिशत सम्म, Fashion products: Love for fashion योजनामा ३० प्रतिशत सम्म, Electronic products: Love for gadgets योजनामा ३० प्रतिशत सम्म, Health and Beauty products: Love for self care योजनामा ३० प्रतिशत सम्म र Home decor and furniture: Love for comfort योजनामा ७० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले २ हजार माथिको खरिदमा रु २०० बराबरको भौचर पनि प्रदान गर्ने भएको छ जुन भौचर ग्राहकले ‘MAYALU’ कोड प्रयोग गरी २८ फेब्रुअरी भित्र प्रयोग गर्न सक्नेछन् । बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो क्याम्पियन अवधिमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

यो अफरका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार शपिङ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप-टप वा डेस्क-टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै  www.bizbazar.com.np  टाइप गरेर पनि यो सेवा लिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी