×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘लघुबित्त पनि दुधले नुहाएका छैनन्, हामी पनि सच्चिनु पर्छ:  अध्यक्ष, लघुबित्त बैंकर्स संघ (भिडियो)

काठमाडौं । लघुबित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले लघुवित्त संस्थाहरुमा पनि समस्या भएको स्वीकारेका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘बिज एण्ड ब्रेन’मा बोल्दै अध्यक्ष शर्माले लघुवित्त वित्तीय संस्थाहरुमा पनि धेरै कमजोरी र समस्या भएको र त्यसलाई सुधार्नुपर्ने बताएका हुन् । उनले सबै लघुवित्त वित्तीय संस्थाहरु दुधले नुहाएको जस्तै शुद्ध नभएको तर्क गरेका छन् । पछिल्लो समय चर्केको आन्दोलनका विषयमा बोल्दै उनले लघुवित्तलाई चौतर्फी रुपमा प्रहार भएकोसमेत दाबी गरेका छन् ।
कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज नलिएको ठोकुवा गर्दै उनले त्यस्तो पाइए जुनसुकै लघुवित्तलाई पनि कारवाही हुने बताएका छन् । ‘म गर्व र दावाका साथ भन्छु, लघुवित्तले १५ प्रतिशतभन्दा बढी व्याज लिएको छैन । हामीलाई बदनाम गर्ने नियतले मिथ्या आरोप लगाइएयो ।’ क्रार्यक्रमका बोल्दै उनले भने–‘ कमी कमजोरी भए त्यसलाई सुधार गर्नुपर्यो । गल्ती भए हामी सच्चिनुपर्छ । हामी सबै लघुवित्त दुधले नुहाएका छन् भन्ने पक्षमा छैनौँ ।’
१५ प्रतिशत भन्दा बढी ब्याज लिएको पाइए, सो लघुवित्तलाई कारवाही हुने दाबीसमेत शर्माले गरे । ‘बढी व्याज कसैले लिएको छ भने हामीलाई देखाइदिनुस् । हामी फिर्ता मात्र होइन कार्वाही पनि गछौं ।’ कार्यक्रममा बोल्दै उनले भने ।
यस्तै, पछिल्लो समय ऋणीमा देखिएको समस्याको कारण लघुवित्त मात्र नभएको, बरु अर्थतन्त्र बिग्रनुका विभिन्न कारण रहेको उनको भनाई छ । ऋणीसँग पैसा नहुनु, कोभिड, तरलता संकट, रुस-युक्रेन युद्धजस्ता कारणले पनि ऋणीलाई समस्या परेको उनको दाबी छ । ‘अहिले सबै समस्याको दोष लघुवित्तलाई दिईएको छ, जुन सरासर गलत छ ।’ कार्यक्रममा बोल्दै उनले भने- ‘लघुवित्त क्षेत्रमा समस्या छन्, त्यो जरुर हो । तर सबै समस्याको कारण लघुवित्त होइन ।’
लघुवित्तले ग्रामीण ठाउँमा जनताको सेवा गरिरहेको तथ्य पनि बिर्सन नहुने बताउँदै शर्माले आफुहरुलाई हिजोका दिनमा साउ महाजनलाई लगाइनेजस्तै लान्छाना लगाइनु दुखद् भएको गुनासो गरे । ‘हिजोका दिनमा साहु महाजन र मिटरव्याजीलाई लान्छना लाग्थ्यो । त्यो भन्दा बढी लान्छना अहिले लघुवित्तलाई लागेको छ ।’ कार्यक्रममा बोल्दै उनले भने, ‘हामीलाई यस्तो लान्छाना लगाईनु बिडम्बनाका रुपमा लिएका छौँ ।
यस्तै पछिल्लो समय किस्ता उठाउने नाममा ऋणीहरुलाई लघुवित्तकर्मीले गरेको अभद्र व्यवहार पनि गलत भएको उनले स्वीकारे । ‘अहिले सबै समस्यामा छन् । यस्तो बेला ऋणीलाई प्रेसर दिनु वा कर्मचारीलाई बढी टार्गेट दिनु ठिक होइन । त्यसमाथि पनि, थालमै थुक्ने, कुटपिट गर्ने लगायतका काम त सार्है गलत हुन् । यस्तो कसैले पनि गर्नु हुँदैन ।’
उनीसँगको कुराकानीको पूरा अंश भिडियोमा हेर्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: