×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने घोषणा गर्दै प्रधानमन्त्रीले भने- ‘यो जितले देशको प्रतिष्ठा बढाएको छ’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने घोषणा गर्दै प्रधानमन्त्रीले भने- ‘यो जितले देशको प्रतिष्ठा बढाएको छ’

Artha Sarokar

११ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति रु दुई लाखका दरले पुरस्कार दिने घोषणा गरेका छन् ।

विजेता खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् । खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाई छ । तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ, यो देशकै गौरव हो ।’

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले यो जितले विश्व खेलकुदमा नेपालको प्रतिष्ठासमेत बढाएको बताएका छन् । ‘तपाईहरुकै कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ । म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंहरूलाई फेरि पनि सफलता मिलोस् । आउने प्रतिस्पर्धाका लागि शुभकामना छ । तपाईंहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी रु दुई लाख पुरस्कार दिने घोषणा गर्दछु ।’

‘पहिला–पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन’, प्रधानमन्त्रीले प्रचण्डले थपे, ‘अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कुटनीतिक उचाइका लागि पनि भएको छ, तसर्थ खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ ।’ सरकारमा हुँदा होस् वा नहुँदा, आफू सधैँ खेलाडीको साथमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको बताएका छन् ।

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकामा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी