×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्तिहरू पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्तिहरू पक्राउ

Artha Sarokar

२२ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् ।

काठमाडौं महानगपलिका वडा नं. ४ सुकेधारा स्थित ग्लोबल भिलेज सोर्स प्राइभेट लिमिटेडका संचालकहरुले विभिन्न ९ जना व्यक्तिहरुलाई वैदेशिक रोजगारीका लागी रोमानिया, स्लोभाकिया तथा अरबियन मुलुकहरुमा पठाईदिन्छु भन्दै प्रतिव्यक्ति ५० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित देशहरुमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिने र मासिक १ लाख भन्दा बढी तलब हुने विश्वास दिलाई प्रलोभनमा पारी पिडितहरुबाट पटकपटक गरी कुल ३१ लाख ९० हजार रुपैयाँ ठगि गरी सम्पर्क बिहिन भएका थिए ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले निज संचालकको खोजतलास गर्ने क्रममा माघ २० गते काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ११  शेषमतिबाट ४० वर्षीय हरी बस्नेत र ४२ वर्षीय हेमलाल पुन मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी