×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

२६ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला लमजुङ साबिक सिम्पानी गा.वि.स वडा नं. ३ परिवर्तित मर्स्याङदि गाउँपालिका वडा नं. ९ सिम्पानी स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ४ सुकेधारा बस्ने ३९ वर्षीय मधुमाया थापा पक्राउ परेकी हुन् ।

उनले वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु, स्लोभाकियामा पुगेपछि प्रतिष्ठित अग्रीकल्चर कम्पनीमा फ्रुट्स किपिंगको काम लगाइदिने र मासिक १ लाख ५० हजार सम्म तलब हुने विश्वास दिलाई प्रलोभनमा परेर रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

थापाले सम्बन्धित देशमा जना प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्ने भन्दै पिडितहरुबाट पटक पटक गरी ८ लाख ५० हजार ठगी गरी सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ २४ गते सुकेधाराबाट थापालाई पक्राउ गरेको हो ।

पक्राउ परेकी थापालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागी वैदेशिक रोजगारी विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी